घलेगाउँमा चार दिने उद्घोषण तालिम सम्पन्न
लमजुङ | फागुन २१, २०७९
घलेगाउँ: लमजुङको क्व्होंलासोंथार गाउँपालिका वडा नं. ३, उत्तरकन्या, घलेगाउँमा चार दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत आयोजित सो तालिममा दुई दर्जन महिला प्रशिक्षार्थी सहभागी थिए । मंगलबारदेखि सुरु भएको सो तालिमको शुक्रबार समापन भएको हो ।
तालिमको समापन गर्दै क्व्होंलासोंथार गाउँपालिकाका अध्यक्ष सूर्य गुरुङले तालिममा सिकेका कुरालाई जीवन व्यवहारमा उतार्न सुझाव दिनुभयो । जनताको अपेक्षा अनुसार गाउँपालिकाले काम गर्ने प्रयास गरिरहेको बताउँदै अध्यक्ष गुरुङले बजेट सीमित भएपनि आवश्यकतालाई हेरेर पालिकाले सधैं सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले महिलाहरूको नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । महिलाहरू सक्षम भए मात्र समाजको विकास हुने भन्दै उहाँले घरको चुलोचौकोमा मात्र सीमित नभइ महिलाहरू क्षमता विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, वडाध्यक्ष आशवीर गुरुङले तालिममा सिकेका कुरालाई खेर जान नदिन प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो । कार्यपालिका सदस्य हेमन्ता गुरुङले समय व्यतीत गर्न मात्रै तालिममा सहभागी हुनुको अर्थ नहुने भन्दै प्रशिक्षकको मेहेनत र प्रशिक्षार्थीको अभ्यासले तालिम सफल बनेको विश्वास व्यक्त गर्नुभयो ।
कार्यपालिका सदस्य गंगाबहादुर घलेको अध्यक्षतामा भएको समापन कार्यक्रममा दलित महिला वडा सदस्य पार्वती सुनार, वडा महिला सदस्य शान्ति गुरुङ, समाजसेवी नवराज घले, तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीसले प्रशिक्षार्थीहरूलाई तालिममा सिकेका कुरालाई व्यवहार उतार्न सके तालिमको उपलब्धि देखिने बताउनुभएको थियो । त्यस्तै, प्रशिक्षार्थीको तर्फबाट टमकुमारी घले, लीला विक, सोनाली गुरुङ, कृति घले, कमला घले, टेककाशी गुरुङले तालिमको अनुभवबारे आ–आफ्ना भनाइ राख्नुभएको थियो ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...

